मुग्लिन । मुग्लिन-नारायणघाट सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।
आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।
कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल मुग्लिनबाट २ किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन ।


