गोरखा । गोरखा सदरमुकामको छेवेटारमा रहेको दरौंदी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गएको छ ।
ज्यान गुमाउने युवक बारपाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङ, गैरी छापका २३ बर्षिय आयुष गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
हिजो शुक्रबार ४ः३० बजे गोरखा नगरपालिका–१० को छेवेटार बजार संगै रहेको दरौदी नदीमा साथीहरु संगै पौडी खेल्न गएका गुरुङलाई नदीले बगाएर बेपत्ता बनाएको थियो ।
बेपत्ता भए लगत्तै शसस्त्र प्रहरीको गोताखोर टोलीले खोजबिन गर्दा साँझ ७ः३० बजे नदीमा डुबेको अवस्थामा शव फेला पारेको सूचना अधिकारी सुवेदीले बताए ।
गुरुङको शव रह भित्र बाट गोताखोरको टोलीले निकालेको हो । उनको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।
शवको पोष्ट मार्टम र कानूनी प्रकृया पुरा गरेर मात्र आफन्तको जिम्मा लगाउने पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।



