गाेरखा । गाेरखा फुजेलका १ जना पुरुष भारतमा मृत फेला परेका छन् । उनकाे शरिरबाट गाेरखा जिल्ला साविक फुजेल गाउँबिकास समिति-७ लेखिएकाे नेपाली नागरिकता फेला परेकाे भारतीय प्रहरीले जनाएकाे छ ।
अहिले गण्डकी गाउँपालिक-३ फुजेल घर भएका पन्त बिहारबाट रुपैडियाका लागि बस चढेर नेपाल तर्फ आउदै गरेकाे पुष्टी हुन आएकाे छ ।
फुजेलकाे सिम्ले घर भएका पन्तकाे घर परिवारले उक्त कुराकाे जानकारी पाएकाेले अहिले रुपैडिया जाने तयारी भइरहेकाे गण्डकी गाउँपालिका-३ का वडाध्यक्ष सुवास पन्तले जानकारी दिए ।
उनका अनुसार बिगतमा शिक्षण पेशामा रहेका पन्त शिक्षण पेशा छाडेर बैदेशिक राेजगारीकाे क्रममा मलेशिया गएका थिए । मलेशियाबाट फर्कीएका पन्त २ महिना अगाडी पुन: राेजगारीकाे लागी भारतकाे पानीपथ गएका थिए ।
उनी नेपाल आउने क्रममा बसकाे पछाडीकाे सिटमा बसेकाे र एक्कासी ढलेपछी हेर्दा मृत अवस्थामा देखिएका थिए । पछिल्लाे समय चितवन बस्दै आएका उनीकाे पुख्याैली घरमा भने आमा र बुवा मात्र रहेकाे छन् ।
श्रीमती र बालबच्चा सहित चितवनमा रहेका परिवार भने अहिले भारतीय प्रहरी संगकाे सम्पर्कमा गएर घटना स्थल तर्फ जादै गरेकाे पारीवारीक स्राेतले जनाएकाे छ ।
भारतीय प्रहरीले उनकाे शव नेपालगञ्ज नजिक भारतीय बोर्डर रुपैडियामा रहेकाे जनाएकाे छ ।


