काठमाडौं । साताकाे छाैटाैं दिन आज शुक्बारर नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारकाे तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले घटेको हाे ।
सुनकाे भाउ घटेसंगै ताेलाकाे १ लाख ९० हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेकाे छ । बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँमा काराेबार भएकाे चाँदी ताेलामा ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



