एजेन्सी । भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइलले आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबारदेखी भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ ।दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन् ।
पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो ।
कहाँ कहाँ बन्द गरियो विमानस्थल ?
१. चण्डीगढ
२. श्रीनगर
३. अमृतसर
४. लुधियाना
५. भुन्टर
६. किशनगढ
७. पटियाला
८. शिमला
९. कांगडा-गग्गल
१०. बठिण्डा
११. जैसलमेर
१२. जोधपुर
१३. बीकानेर
१४. हलवारा
१५. पठानकोट
१६. जम्मू
१७. लेह
१८. मुन्द्रा
१९. जामनगर
२०. हिरासा (राजकोट)
२१. पोरबन्दर
२२. केशोद
२३. काण्डला
२४. भुज


