काठमाडाैं । पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण केही ठाउँमा हल्का वर्षा भएको छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया मौसम बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । हिमाली भागका केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
प्रि–मनसुन भएकाले बादल लाग्ने र पहाडी क्षेत्रकाे केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


