प्रतिकात्मक तस्बिर
मुग्लिन । रेबिज लागेर उपचार गराएरहेका १ जना पुरुषकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको चितवन प्रहरीले पुष्टी गरेकाे हाे ।
प्रजाकाे भरतपुर अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको अस्पताल प्रशासनले जनाएकाे छ ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा प्रजाको ज्यान गएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।



