काठमाडौं । साताकाे पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । बुधबारकाे तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हाे ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ९२ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेकाे छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँमा काराेबार भएकाे चाँदी ताेलामा १० रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।




















