एजेन्सी । भारतले बुधबार पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी हालसम्म ३१ जनाले ज्यान गुमाएकाे छ । बुधबार राति १:०५ बजेदेखि १:३० बजेसम्म भारतले पाकिस्तानका ९ स्थानलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो ।
आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको ज्यान गएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन् ।
भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू-कश्मिरको सिमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० जना भारतीय नागरिकको ज्यान गएको बताइएको छ ।
भारतले पहलगाममा भएको आतंकवादी हमलाको जबाफस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको बताएको छ । आक्रमणलाई उसले ‘अपरेसन सिन्दुर’ नाम दिएको थियाे ।


