काठमाडाैं । पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेकाे छ ।
आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको माैसम पूर्वानुमा महाशाखाले गरेकाे हाे ।
यस्तै धनगढी, धरान, भैरहवा, सिमरा, विराटनगर, जनकपुरलगायतका शहरमा पनि तापक्रम ३६ देखि ३७ डिग्रीको आसपासमा रहने अनुमान गरीएकाे छ ।
देशका धेरै ठाउँमा केही दिनदेखि परेको पानीका कारण केही शीतल भएकामा हिजोदेखि पानी पर्न कम भएपछि फेरि गर्मी बढेको हो ।
यसैबीच आज पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।


