काठमाडौं । साताकाे चाैथाें दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । मंगलबारकाे तुलनामा तोलामा १ हजार ७०० रुपैयाँले बढेको हाे ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ९१ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छैन । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेबार भएकाे महासंघले जनाएको छ ।



