धनुषा । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा २ पक्षबीच झडप भएको छ । झडपमा २ घाइते भएका छन् ।
घाइते हुनेमा सत्यनारायण महासेठ र रामेश्वर दास रहेका र दुवै जनाको उपचार भइरहेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर २ पक्षबीच विवाद भएको हो । अधिवेशन स्थगित भएको छ ।



