उदयपुर । उदयपुरको त्रियुगा खोलामा आएको बाढीले एउटा बस बगाएको छ । चौदण्डीगढी नगरपालिका–५ मा गएराति खोला तर्ने क्रममा बस फसेको थियो ।
आज बिहान खोलामा बाढी आउँदा को १ ख ४७५३ नम्बरको बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदार माङडोङले जानकारी दिए ।
बसमा चालक ईश्वर खत्री र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि राति नै निस्किएका हुँदा सुरक्षित रहेका प्रहरीले जनाएको छ ।
त्रियुगा खोलाको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्सन बनाइएको थियो । बस हिजो सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा उक्त घटना भएकाे हाे ।



