धनकुटा । साेमबार दिउसाे धनकुटामा भएकाे बस दुर्घटनामा परी कम्तीमा ३ जनाले ज्यान गुमाएका छन् । साेही दुर्घटनाामा परी ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर रहेकाे धनकुटा प्रहरीले जनाएकाे छ ।
धरानबाट यात्रु बोकेर भोजपुरका लागि गएकाे को १ ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा दुर्घटनामा परेकाे थियाे । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, यात्रु भोजपुरको भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका–६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको धनकुटा प्रहरीले पुष्टी गरेकाे छ ।
प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको हो ।


