गोरखा । गोरखाको शहीदलखन गाउँपालिकाकाे वडा नम्बर ७ उत्कृष्ट वडा घाेषणा भएको छ । गाउँपालिकाको मूल्याङ्कनका आधारमा वडा नम्बर ७ उत्कृष्ट भएको हो ।
वडा उत्कृष्ट घाेषणा लगत्तै गाउँपालिकाले वडालाई पुरस्कृत स्वरुप थप ५ लाख बजेट थपिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले वडाभित्र भौतिक पूर्वाधार निर्माणका लागि थप ५ लाख रुपैयाँ बजेट पुरस्कार स्वरूप वडालाइ दिइएकाे उनले बताए ।
गत वर्ष उत्कृष्ट भएको वडा यस पटक पनि उत्कृट सावित भएकाे गाउँपालिकाले जनाएकाे छ ।
वडाध्यक्ष श्रेष्ठले आफूले पाउने तलबभत्ता पनि सामाजिक काममा लगाउँदै आएका छन् । श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार भई अध्यक्ष जितेका थिए ।



