गाेरखा । पाेखराकाे फेवातारमा फसेका सबैकाे सकुशल उद्धार गरीएकाे छ ।
दिउसाे अचानक आएकाे हावाहुरीका कारण तालमा डुवेका सहित ८ जनाको सकुशल उद्दार गरीएकाे सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानाकारी दिए ।
उनका अनुसार बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका–५ बस्ने बर्ष २१ को रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्वार टोलिले सकुशल उद्वार गरेको थियाे ।
त्यसका साथै तालमा हावाहुरीका कारण कायाक बोटमा बोटिङ्ग गरिरहेका १ जना र डुङ्गामा बोटिङ्ग गरिरहेका ६ जना गरी ८ जनाको सकुशल उद्वार गरिएको उनले बताए ।




















