गाेरखा । पौडी खेल्ने क्रममा सेती नदिमा वेपत्ता युवकको शव सशस्त्र प्रहरिको गोताखोरले निकालेकाे छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टे मसिना स्थित सेती नदिमा वेपत्ता भएका युबकको शव सशस्त्र प्रहरीको गोताखोर टाेलीले फेला पारेर निकालेको सह-प्रबक्ता शैलेन्द् थापाले बताए ।
शव बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि.क. भएकाे पुष्टी भएकाे छ ।
बिक आज दिउँसो २:०० बजे नदिमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट डेढ घन्टा पछि शव निकाल्न सफल भएकाे सह-प्रबक्ता थापाले जानकारी दिए ।


