जनकपुर । मधेश प्रदेशमा सरकारले भाेली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर भाेलि वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती)काे अवसरमा बिदा दिने निर्णय गरेकाे जनाएकाे हाे ।
त्यसका अलावा जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिनमा पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । याे निर्णयानुसार भाेलि मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।




















