गोरखा । स्रोत नखुलेको रकम भनेर पक्राउ परेका गोरखा बुंकोटका २ जना युवकलाई प्रहरीले स्राेत खुलेसंगै आफन्तकाे जिम्मा लगाएकाे छ ।
पक्राउ परेका शहिदलखन गाउँपालिका–८ बुंकोटका बर्ष २५ का बिमल श्रेष्ठ र बर्ष २० का भुवन श्रेष्ठबाट ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले स्राेत सुनिश्चिच देखिए लगत्तै आफन्तकाे जिम्मा लगाएकाे प्रहरी निरिक्षक टेकप्रसाद सुबेदीले बताए ।
पक्राउ परे लगत्तै उनीहरुका आफन्तले बैंकबाट नगद झिकेकाे प्रमाण पेश गरेकाे र दुवै जना युवकलाइ आफन्तकाे जिम्मा लगाएकाे पनि उनले बताए ।
प्रनि सुवेदीका अनुसार युवकहरु संग भएकाे रकम भारतमा राेजगारी गर्ने वुवाले पठाएका थिए ।
मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेका उनीहरुबाट प्रहरीले १४ लाख नगद सहित प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ को बेनिटारबाट पक्राउ गरेको थियाे ।




















