गोरखा । गोरखा सदरमुकामको एक नदीमा माछा मार्ने क्रममा १ जना पुरुषको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा गोरखा नगरपालिका–१० छेवेटारका बर्ष ६० का लक्ष्मण कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी किरण घिमिरेले जानकारी दिए ।
बैशाख २१ गते आइतबार दिउसो १२ः५० बजे घर नजिकैको दरौदी नदीमा जाल हान्दै गरेका कुमाल अचानक नदीमा लडेर बेहोस भएको र उनको उपचारको क्रममा ज्यान गएको सूचना अधिकारी घिमिरले बताए ।
बेहोस अवस्थामा गोरखा अस्पतालमा उपचार भइरहेको कुमालको हिजो नै दिउसो २ः२२ बजे चिकित्सकहरुले मृत घोषित गरेको पनि उनले जानकारी दिए ।
कुमालको शव हिजो नै कानूनी प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


