प्रतिकात्मक तस्बिर
गोरखा । स्रोत नखुलेको रकम सहित गोरखा बुंकोटका २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–८ बुंकोटका बर्ष २५ का बिमल श्रेष्ठ र बर्ष २० का भुवन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
दुवैलाई स्रोत नखुलेको नगद १४ लाख सहित प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ को बेनिटारबाट पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीको टोलीले मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना ४० प २६४१ नम्बरको मोटर साईकल चेक जाँचका क्रममा उक्त रकम फेला परेको हो ।
फेला परेको रकमका बारेमा उनीहरुले प्रहरीलाई स्पष्ट जानकारी दिन नसक्दा उनीहरुलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















