प्रतिकात्मक तस्वीर
कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर १ जना गर्भवती महिलाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा शुक्लाफाँटा नगरपालिका-१२ की २४ वर्षीया लालमती राना भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टी गरेकाे हाे ।
आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
साेही चट्याङमा परेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् । उनकाे उपचार भइरहेकाे छ ।


