प्रतिकात्मक तस्बिर
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा कारले ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।
आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका-४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरु नाताले बावु छाेरी हुन् ।
चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।
मोटरसाइकलमा निजगढ तर्फ जाँदै गरेका गरुडा नगरपालिका ३ मलाही टोलका ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै ज्यान गएको र उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमा नै ज्यान गएको जिल्ला प्रहरी कार्याालय रौतहटका प्रहरी जानकारी दिएकाे छ ।
घटना पश्चात कारका चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका-१२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


