काठमाडौं । साताकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेकाे छ ।
सुनकाे भाउ आज ताेलामा ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अधिल्लाे हप्ताकाे शुक्रबार सुन ताेलाकाे १ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ बढे पनि चाँदी घटेको छ । अघिल्लो शुक्बार प्रतितोला १ हजार ९३० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज प्रतितोला १ हजार ९१० रुपैयाँमा झरेको छ ।




















