गोरखा । मोबाइल ब्यवसायी समिति गोरखाको भेलाले सन्दिप ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको हिजो साँझ गोरखा बजारमा भएको दोस्रो अधिवेसनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्ष द्ववमा शशी किरण श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ, सचिवमा जयराम शाही, सह–सचिवमा प्रविन उपरकोटी र कोषाध्यक्षमा सन्देश श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरुमा मोहनकुमार श्रेष्ठ, राजकुमार रोका, मिलन उपरकोटी, सोम श्रेष्ठ (भच्चेक), धमेन्द्र श्रेष्ठ (आरुघाट), मन्दिप श्रेष्ठ (पालुङटार), राजिब बोहरा र भिमसेन भट्टलाई चयन गरेको छ ।
भेलाले अध्यक्ष सल्लाहकारमा रुवेन्द्र कुवर, बोर्ड सल्लाहकारमा अश्विन ढुङ्गाना र सल्लाहकार द्ववयमा पुष्कल अर्याल र बिकास घिमिरेलाई चयन गरेको निर्वतरमान अध्यक्ष सुमन कार्कीले जानकारी दिए ।


