सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भेटाएपछी उनीलाई प्रहरीले साेधपुछकाे लागी बाेलाएकाे छ ।
बुधबार सामाजिक सञ्जाल मार्फत बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू नाचिरहेको बेला पेस्तोल पडकाएकी थिइन । सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक (एसपी) ढकेन्द्र खतिवडाले बताए । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिन्न सकेको छैन ।
भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनले बताए । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउला’, एसपी ढकालले भने ।
सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।



