काठमाडौं । साताकाे पाँचाैं दिन आज बिहिीबार नेपाली बजारमा सुन र चाँदीको भाउमा भारी गिरावट आएकाे छ ।
सुनकाे भाउ आज ताेलामा ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुन ताेलाकाे १ लाख ८८ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, आज चाँदी भाउ प्रतितोला ५० रुपैयाँले १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । चाँदी हिजाे ताेलाकाे १ हजार ९६५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



