काठमाडाैं । आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण ति क्षेत्रमा पानी परेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको पनी पानी परेकाे महाशाखाले जनाएको छ ।
यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा भएको थियो ।
आज दिउँसो पनि देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ भने भोलिसम्म नै मौसम यस्तै रहने अनुमान महाशाखाले गरेकाे छ ।
प्रि–मनसुनको यो बेलामा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने गर्दछ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


