काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट छुटेका छन् । सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो ।
सर्वोच्चको दाेस्राे पत्र कारागार पुगे लगत्तै प्रक्रिया पुर्याएर उनलाई छाडिएका डिल्लीबजार कारागार कार्यालकाले जनाएकाे छ ।
आज प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम स्थलमा पुग्दा चाैधरीलाइ प्रहरीले पक्राउ गरेकाे थियाे ।
सर्वोच्चको रिट तथा मुद्दा महाशाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत हस्तक्षर गरी पत्र पठाएको खुलेपछि उनी पक्राउ परेका छन् ।


