काठमाडौं । केही बेर अगाडी पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई अदालतले डिल्लीबजार कारागार चलान गरेकाे छ । उनलाइ प्रहरीले कमलादी स्थित गणेशस्थानबाट पक्राउ गरेको हाे ।
उनलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुधबार नै पत्र पठाए डिल्लीबजार कारागार चलान गरिएकाे छ । पत्रमा ‘निज प्रतिवादीलाई नियमानुसारको सिधा खर्च दिई कैदमा राख्नु’ लेखिएको पत्रमा छ ।
फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्र अनुसार चौधरीलाई कैदमा राखिएको डिल्लीबजार कारागारले जनाएकाे छ ।


