फाईल तस्बिर
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको छ । अहिले उनकाे रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
जनमत पार्टीसँगको एकता घोषणा सभास्थल प्रज्ञा भवन कमलादीबाट रेशम चौधरीलाई प्रहरीले केही बेर अगाडी पक्राउ गरेर डिल्लीबजार कारागार पुर्याएको छ । उनी पक्राउ परेपछि एकता घोषणा सभा स्थगित भएको छ ।
उनी पक्राउ परेपछि कार्यकर्ताहरू प्रज्ञा प्रतिष्ठान परिसरमै ‘नश्लवादी सरकार मुर्दावाद’का नारा लगाइरहेका छन् ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।



