गाेरखा । धनकुटामा सशस्त्र प्रहरी बललाई छलेर भाग्ने क्रममा एउटा कार दुर्घटनामा परेकाे छ ।
बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले चेक जाँच गर्न खोज्दा भागेको थियो ।
भाग्ने क्रममा को २ प १७३४ नम्बरको कार दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको अवस्थामा ४२१ किलो गाँजा बरामद गरिएको छ ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


