प्रतीकात्मक तस्बिर
डोटी । डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाअन्तर्गत पर्ने भीमदत्त राजमार्गमा गएराति भएकाे जीप दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
दुर्ईटनामा परी ज्यान गुमाउनेमा ४५ वर्षीय हर्कबहादुर नेगीको गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए ।
धनगढीबाट बैतडीको पुर्चौडीका लागि छुटेको सुदूर पश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हाे ।
घाइते हुनेहरुमा बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम रहेका छन् । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


