प्रतिकात्मक तस्बिर
गाेरखा । बैंकिङ कसुर मुद्दामा फरार भएकी प्रतिवादी गाेरखा सदरमुकामकी १ जना महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–६ पोखरीथोक घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ४१ वर्षीया सविना शाक्य भएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेकाे हाे ।
जिल्ला अदालत काठमाडौं बाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।


