काठमाडौं । नेपाली बजारमा साताकाे तेस्राे दिन आज मंगलबार सुनको भाउ बढेको छ ।
सुनकाे भाउ आज ताेलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर आज चाँदी भने स्थिर छ । चाँही हिजाेकै भाउमा प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।



