नवलपुर । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्मै रातकाे समयमा गाडीको आवतजावत बन्द गरिने भएको छ ।
यसअघि उक्त सडक खण्डमा बैशाख ज्ञछ गतेसम्म राती ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएकाे भएता पनी सडक विस्तारको काम नसकिएकाे भन्दै समय थप गरीएकाे हाे ।
दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी छ । यो कामलाई वर्षाअगावै सम्पन्न गर्नका लागि थप केही दिनकाे समय थप गरीएकाे जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएकाे छ ।
याे खण्डमा यात्रु र चालकले निरन्तर सास्ती खेप्दै आएका छन् । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको कामलाई तिब्रता दिइएकाे छ ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म ३ पटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्यादले २०८२ साउन ८ गतेसम्ममा काम सम्पन्न गरी सक्नु पर्ने छ ।


