काठमाडाैं । अहिले कोशी प्रदेशकाे केही स्थानमा पानी परीरहेको छ ।
आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
ती क्षेत्रका थोरै ठाउँ तथा बाँकी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आज पनि काठमाडाैं उपत्यकामा दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
अस्तिदेखि सक्रिय भएको प्रि–मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसममा आजदेखि सामान्य सुधार हुने अनुमान छ ।


