सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटा तर्फ जादै गरेको जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन् ।
सोमबार दिउँसो २:३० बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा प्रदेश १ ०२-००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित ३ जना गम्भीर घाइते भएका हुन् ।
बोलेर जिप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ बर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० बर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ बर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घाइते भएका तीनै जनाको उद्दार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए । प्रहरी उपरीक्षक बस्नेतको धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर अरुण नदीमा खसेको थियो ।
दुर्घटना भएको जिप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार अरुण नदीमा खसेको जिप निकाल्ने कोशिस भइरहेको छ ।
घटनास्थलमा नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


