काठमाडौं । नेपाली बजारमा साताकाे दाेस्राे दिन आज सोमबार सुनको भाउ घटेको छ ।
सुन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ८८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । चाँदी ताेलामा २० रुपैयाँले घटेर प्रति ताेला १ हजार ९७० मा काराेबार भएको महासंघले जनाएकाे छ ।



