प्रतिकात्मक तस्बिर
गोरखा । गोरखामा ताकुमाझ लाकुरी बोटमा रहेको एक कृषि सहकारीबाट रकम चोरी भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका–५ को ताकुमाझ लाकुरी बोटमा रहेको पिपलबोट सहरकारी संस्था लिमिटेडको २ लाख १५ हजार ७४६ रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले बताए ।
उक्त सहकारीबाट बैशाख १३ गते शनिबार रकम चोरी भएको सूचना अधिकारी शर्माले जानाकारी दिए ।
सहकारीको कार्यालयको ताला फोडी अज्ञात समूहले रकम चोरी गरेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रनि शर्मा सहितको प्रहरीको टोली सहकारीमा पुगेर अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।


