प्रतिकात्मक तस्बिर
गोरखा । गोरखामा हिजो परेको चट्याङमा लागेर ३ जना घाईते भएका छन् । साँझ पख परेको चट्याङ लागेर शहिदलखन गाउँपालिका र पालुङटार नगरपालिकामा गरी ३ जना घाईते भएका हुन् ।
साँझ ७ः५० बजे परेको चट्याङ लागेर शहिदलखन गाउँपालिका–१ बक्राङका ४२ बर्षिय राजु खनाल घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार सोही समयमा पालुङटार नगरपालिका–७ को च्याङलीमा परेको चट्याङमा परी ५० बर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाईते भएकी सूचना अधिकारी शर्माले जानकारी दिए ।
घाईते मध्ये खनालको गोरखा अस्पतालमा र अन्य २ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको गोरखा प्रहरीले जनाएको छ ।


