प्रतीकात्मक तस्बिर
पाल्पा । पाल्पामा गएराति भएकाे जीप दुर्घटनामा परी ३ जनाको ज्यान गुमाएका छन् । साेही दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका-१ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टी गरेकाे हाे ।
हिजाे राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेकाे थियाे ।
ज्यान गुमाउने सबै एउटै गाउँकाे भएकाे प्रहरीले जनाएकाे छ । रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची सडकमा जीप दुर्घटनामा परेकाे थियाे ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ । प्रहरीका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ ।


