गाेरखा । लियो क्लव अफ गोरखाको अध्यक्षमा राज गुरुङ निर्बिराेध निर्वाचित भएका छन् । क्लबकाे गाेरखा सदरमुकाममा भएकाे ३८औँ भेलाले गुरुङलाई निर्बिराेध अध्यक्षमा चयन गरेकाे हाे ।
साेही भेलाले प्रथम उपाध्यक्षमा प्रबिन उपरकोटि, द्वितीय उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा रचना बसेल, सह सचिवमा रबि बोगटि, कोषाध्यक्षमा ब्लेशन बयलकोटी र सह कोषाध्यक्षमा सलिना अछामिलाई सर्व सम्मत रुपमा चयन गरेकाे हाे ।
क्लबकाे पिआरओमा पुजा थापा, सचेतकमा रबिना रम्तेल, टेमरमा र बिरेन्द्र रोका सर्वसम्मत चयन भएका छन् ।
जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष बालकृष्ण परियारकाे उपस्थितीमा भएकाे भेलामा लियो क्लव अफ गोरखाका पुर्व अध्यक्ष तथा लायन्स क्लव अफ गोरखाका निर्वाचित अध्यक्ष अयोध्या जोशि, पुर्व अध्यक्ष यम बसेलले शुभ कामना मन्तब्य राखेका थिए ।
साथै साेही कार्यक्रममा लियो क्लव अफ गोरखाबाट जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्षमा भर्खरै निर्वाचित बालकृष्ण परियारलाइ सम्मान समेत गरीएकाे थियाे ।




















