गोरखा । गोरखा सदरमुकामको एक जंगलमा १ जना पुरुषको शव फेला परेको छ ।
शव बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका २९ बर्षिय प्रेम गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकले जानकारी दिए ।
गुरुङको मृत शरिर गोरखा नगरपालिका–११ को १५ किलो क्षेत्रमा रहेको चारकुने जंगलमा मृत फेला परेको प्रउ पाठकले बताए ।
जंगलका शव देखिएपछी स्थानियले गोरखा प्रहरीलाई खबर गरेको थियो । लगत्तै गोरखा सदरमुकामबाट गएको प्रहरीको टोलीले शवको साथमा रहेको मतदाता परिचय पत्र फेला परेको थियो ।
घटना स्थलमा प्रहरी प्रमुख प्रउ पाठक समेत पुगेका छन् । शवको पहिचान लगत्तै उनका आफन्तहरु सम्र्पकमा आएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
३–४ दिनदेखी घरबाट निस्किएका गुरुङ आज बिहान चौतारी होटलको तल रहेको चारकुने जंगलमा मृत फेला परेको हो ।




















