प्रतिकात्मक तस्बिर
गोरखा । बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभवन देखाएर रकम ठगी आरोपमा गोरखाका १ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–४ सिम्जुङका २२ बर्षिय अनिल देवकोटा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।
पक्राउ परेका देवकोटाल २ जनाबाट ६ लाख रुपैयाँ लिएर सम्पर्क बिहीन भएको भन्दै पिढितले उजुरी दिए लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको प्रहरी टोलीले उनको खोजी गरेको थियो ।
काठमाडौं महानगरपालिका–१६ बस्दै आएका उनलाई प्रहरीको टोलीले महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका देवकोटालाई प्रहरीले बैदेशिक रोजगार बिभाग ताहाचलमा बुझाएको छ ।


