काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ ।
उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ ।
उनी लामो समयदेखि बिरामी थिए । स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा सक्रिय हुन सकेका थिएनन् ।


