झापा । काठमाडाैंमा भइरहेकाे शिक्षकहरुकाे आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना भएको छ । काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान ५:३० बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले जानकारी दिए । उनका अनुसार घाइतेहरुको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
घाइते मघ्य १ जनाको अवस्था गम्भीर रहेकाे पनि झापा प्रहरीले जानकारी दिएकाे छ । बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


