गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको बारपाकमा भएको फोटो प्रर्दशनीको अबलोकन गरेका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको १०औं गोरखा भूकम्प स्मृती दिवसमा आयोजित फोटो प्रर्दशनीको अवलोकन गरेका हुन् ।
उनले फोटो अवलोकन पूर्व रिबन काटेर फोटो प्रर्दशनीको उद्घाटन समेत गरेका थिए ।
फोटो पत्रकार प्रकाश तिमिल्सिनाको एकल फोटोहरु प्रर्दशनीमा राखिएको छ । उनका ६० वटा फोटोहरु २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पपछीका बारपाकका तस्बिरहरु समावेश गरिएको छ ।
उक्त प्रर्दशनीको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विण्णु भट्ट तथा विभिन्न राजनैतिक दलका प्रतिनिधी एवं सर्व साधारणहरुले अबलोकन गरेका थिए ।


