गोरखा । सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ का ४३ बर्षिय पोडे भन्ने राजु नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले बताए ।
आरोपित पोडेले बैशाख ९ गते दिउसो ४ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी ३३ बर्षिया महिला ०८१–०८२ ‘ध’ कुमारी नाम परिवर्तनलाई स्थानिय जंगलमा लगी जबरजस्ती बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएका थिए ।
उजुरी लगत्तै बैशाख १० गते बुधबार पक्राउ गरी ११ गते बिहीबार नै जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरिएको र गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरीएको छ ।
उनलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरीएको सूचना अधिकारी शर्माले बताए ।



