काठमाडौं । हिजाे नियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आज सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले सांसद विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै गत सोमबार राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई हिजाे उक्त जिम्मेवारी सुम्पिएका हुन् ।


